देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन : काठमाडौंका गल्लीमा हिँड्नेलाई पनि आजदेखि कार्वाही हुने

देशान्तर

काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ जेठ (आजदेखि)  लागू हुने गरी लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक पास विनाका सवारी साधन र पैदल यात्रुलाई समेत काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड लागेको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाइ गरेको हो । सडकमा विनापास निस्किएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । कार्यालयले यसअघि जारी गरिएका पासहरू खारेज भएको जानकारी दिएको छ ।