देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चन्द्रागिरी नगरपालिका ७ गतेसम्मका लागि सिल

देशान्तर

काठमाडौंको चन्द्रागिरी नगरपालिका आगामी ७ गतेसम्मका लागि सिल गरिएको छ । अर्को सूचना नआएसम्म आज दिउँसो १२ बजेदेखि ७ गते बिहान ६ बजेसम्म घर बाहिर हिँडडुल गर्न रोकिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए। बिरामी हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गर्ने, स्यानेटाइजर, मास्क र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको बताए ।

नगरपालिका भित्रका औषधी पसलबाहेक अन्य पसल र विकास निर्माणका काम गर्न रोक लगाउने निर्णय भएको छ । काठमाडौंको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले ६ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि कडाइ गरेको हो ।

सरकारले नागढुङगा नाकामा गरेको कडाइ निरन्तर रहेको र नगरपालिकाभित्र पनि सतर्कता अपनाएको नगरप्रमुख गिरीले बताए ।

चन्द्रागिरी नगरपालिकाभित्र मच्छेगाउँका एक, दहचोकका एक, बलम्बुका एक, सर्तुगलमा एक र दुई जना सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । तीमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।