देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सकारको नीति तथा कार्यक्रम ‘हावादारी’ : कांग्रेस सभापतिहरु

देशान्तर

काठमाडौं । नेपाली काँग्रेस जिल्ला सभापतिहरुले सकारको नीति तथा कार्यक्रमलाई हावादारीको संज्ञा दिएका छन् । उनीहरुले नीति तथा कार्यक्रम जनताका जनजीविकाका सवालमा मौन रहेको भन्दै हावादारीको संज्ञा दिएका हुन् ।

शनिबार १३ जिल्ला सभापतिहरुले गरेको अनलाइन छलफलमा सीमा अतिक्रमणका विषयमा सरकार गम्भीर नभएको आरोप समेत लगाएको सिन्धुपाल्चोक सभापति विकास लामाले जानकारी दिए । अधिकांश सभापतिहरुले सीमा अतिक्रमण जस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले थाहै नपाएको भन्ने भनाई लज्जास्पद रहेको टिप्पणी गरेका छन् ।

भारतको रेल सञ्चालन भएसँगै लाखौ मानिस नेपाल आउने हुनाले तिनीहरुको व्यवस्थापनमा सरकारको खासै चासो नभएको उनीहरुको ठहर छ । लुकीछिपी आएका नेपालीहरुको व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमण केही जिल्लामा भयावह रुपमा देखिको छ सभापति लामाले भने, अब टेनका टेन आउने नेपालीलाई व्यवस्थापन गर्न सकिएन भने नेपालमा ठूलो संकट आउने छ ।

त्यसले न सत्तापक्ष भन्छ न प्रतिपक्ष त्यसैले दुवै मिलेर अब आउने मानिसको व्यवस्थापनमा लाग्न ढिला भइसकेको उनले बताए । संकटको यस घडीमा काँग्रेसको भूमिका अझै प्रभावकारी बनाउन उनीहरुले केन्द्रीय नेतृत्वलाई समेत आग्रह गरेका छन् ।

जनताको स्वास्थ्य जस्तो संवेदनशील कुरालाई लिएर सरकारले गरेका गम्भीर त्रुटिलाई कााँग्रेसले सहमति मात्रै नजनाएर खबरदारी गर्न उनीहरुले केन्द्रीय नेतृत्वलाई आग्रह समेत गरेका छन् ।

उनीहरुले लकडाउनले मात्रै समस्या समाधान हुन नसक्ने भन्दै पीसीआर परीक्षणलाई व्यापक बनाउन पनि सरकारसँग माग गरेका छन् । छलफलमा काभ्रे, रोल्पा ,सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका १३ जना जिल्ला सभापतिहरु सहभागी भएका थिए ।