देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लमजुङ जेठ ५ गतेसम्मका लागि सिल

देशान्तर

लमजुङ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लमजुङलाई शुक्रबार राति १२ बजेदेखी जेठ ५ गतेसम्मका लागि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं क्राइसिस म्यानेजमेन्ट सेन्टर (सङ्कट व्यवस्थापन केन्द्र) का संयोजक लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

जेठ २ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म लागू हुने गरी जिल्ला सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि जेठ ५ गते राति १२ बजेसम्मका लागि जिल्लाका सीमा नाका पूर्णरुपमा सिल गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

बैठकले अत्यावश्यक कामका लागि अनुमति पाएका सवारी साधनबाहेकका सबै आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ ।उनका अनुसार बैठकले लमजुङभित्र र बाह्य जिल्लाका लागि यसअघि जारी गरिएको ई–पासलगायत सबै पास खारेज गर्ने निर्णयसमेत गरेको छ ।