विरगञ्ज, ३ जेठ । कोरोना भाइरस महामरीको इपिसेन्टर बनेको पर्सा विरगञ्जको मुख्यमन्त्री लालबाबु राउतले अनुमगन गरेका छन् । प्रदेश २ को राजधानी जनकपुरबाट आएका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नु पर्ने कामबारे सल्लाह लिएका थिए । साथै उनले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन पनि दिएका छन् ।
मुख्यमन्त्रीको टोलीसँग छलफलमा विरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगाएतको सहभागीता रहेको थियो ।
छलफलका क्रममा नगरप्रमुख सरावगीले प्रदेश २ सरकारलाई सञ्चारकर्मीलाई सेन्सरसीप गर्ने गरी कानुन बनाउन आग्रह गरेका छन् । कोरोना महामारीका बीचमा सरकारले गरेका कामहरुको सञ्चारकर्मीले नकारात्मरुपमा मात्रै समाचार लेख्ने गरेकाले सम्पूर्ण प्रेस जगतलाई नै प्रदेश २ मा प्रतिबन्ध लगाउने गरी कानुन निर्माण गर्न आग्रह गरेका हुन् ।
तत्कालिन संघीय समाजवादी पार्टीबाट चुनाव जितेर मेयर भएका सरावगीले जथाभावी समाचार लेखिदिएको आरोप लगाए । ‘जनकपुर टुडे’ पत्रिकाको नामै किटेर उनले आफूले राम्रो काम गर्दा गर्दै पनि पूर्वाग्रही ढंगले समाचार प्रकाशन गर्ने गरेको बताए ।
विरगञ्जको नारायणी अस्पतालाई कोरोना अस्पतालको रुपमा विकास गर्नका लागि आफूले विभिन्न ठाउँमा सहयोग माग्दा साथ नपाएको बताउँदै जनतालाई राहत बाँड्दा पनि पत्रकारले भ्रष्टाचार भनि टिप्पणी गरेकोमा उनको आपत्ति थियो ।
छलफलमै सहभागी भएका नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष चौहानले भने नगर प्रमुख सराबगीका भनाईको प्रतिबाद गरेका थिए । उनले लोकतान्त्रिक मूल्य मान्यतामा चल्न आग्रह गर्दै अहिले र भोलि पनि नेपालमा प्रेसलाई सेन्सरसीप लगाउने कानुन बन्नै नसक्ने तर्क गरेका थिए ।
अध्यक्ष चौहानले मेयर सरावगीलाई वडाअध्यक्षले पत्रकार सम्मेलन गरी मेयरले कुहिउका चामल बाँड्नका लागि पठाएकाे भनि गरेकाे पत्रकार सम्मेलनकाे समाचार लेख्ने की नलेख्ने भन्दै प्रश्न पनि गरेका थिए ।
प्रदेश २ मा अहिलेसम्म तीन जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा फ्रन्टलाइनमा बसेर समाचार संकलन गर्ने सञ्चारकर्मीको मनोबल बढाउनुको साटो उल्टै सेन्सरसिपको कुरा गरेर लोकतान्त्रिक शासन पद्दतिको खिल्ली उडाएको बताए ।





प्रतिक्रिया