देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काेराेनाबाट नेपालमा एक जनाकाे मृत्यु

देशान्तर

कोरोना भाइरसबाट नेपालमा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार राति पुष्टि गरेको हो ।

ती महिलाको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या भएको थियो । विहीबार धुलिखेल ल्याउँदा मृत्यु भएको थियो ।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले बताएका थिए । कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो भने पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो ।
त्यसपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल पुगेको थियो । सोही टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको पुष्टि गरेको छ ।