देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जोरपाटी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

देशान्तर

काठमाडौं, ४ जेठ । सामाजिक अभियन्ता तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एका पूर्व गर्भनर कुमारराज सुवेदीले गोकर्णेश्वर नयरपालिका वडा नं ९ आरुबारी स्थित जोरपाटी स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण बैशाख महिनामा रोकिएको खोप कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

अब नियमति खोप सोमबारदेखि नियमित शुरुहुने जनाइएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच अभियन्ता सुवेदीले स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत एक थान ज्वरो मापन यन्त्र थर्मल गन र ५ सेट पीपीइ सहयोग गरेका हुन् ।
उनले स्वास्थ्य चौकी प्रमुख ललिता लामा र वडा अध्यक्ष राजिब थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण सामाजिक दूरी कायम राखि गरिएको कार्यक्रममा सुवेदीले कोरोना को जोखिमबीच सुरु गर्न लागिएको नियमित खोप सेवा संचालन गर्दा स्वाथ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सो सामग्री प्रदान गरेको बताए ।

वडा अध्यक्ष राजिब थापाले सहयोग को लागि धन्यवाद ज्ञापन गरेका थिए । सुवेदीले व्यक्तिगत खर्चमा उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको बताएका छन् ।