काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाकी नवजात शिशुका लागि पौष्टिक आहारको जिम्मा लिएका छन् ।
उनले क्वारेन्टाइनमा रहेका नवजात शिशुका बुबालाई सोमबार फोन गरेर पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने वचन दिएका हुन् ।
नेता बस्नेतले ती शिशुलाई कक्षा १२ सम्म अध्ययनका लागि सम्पूर्ण जिम्मा आफूले लिने पनि घोषणा गरेका छन् । गत शनिबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।





प्रतिक्रिया