देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विराटनगरमा लकडाउन थप कडाइ

देशान्तर

मोरङ । विराटनगर महानगरपालिकाका केही वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ । जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र  सजाय समेत दिने गरेको छ ।

लकडाउनमा प्रहरीले औषधि, दुग्ध र पानी बिक्री वितरण गर्नेलाई छुट दिएको छ भने अन्य क्रियाकलापमा बन्देज लगाएको छ ।  यहाँ आज बिहानैदेखि प्रहरीसँगै ‘प्रहरी मेरो साथी’ अभियानमा सम्लग्न युवाले  प्रहरीलाई मद्दत गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोरोना परीक्षणमा  विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया  महिलामा  सङ्क्रमण भएको पुष्टि थियो ।