देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लिम्पियाधुरासहितको नयाँ नक्सा सरकारद्वारा पारित

देशान्तर

सरकारले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर नक्सा पारित गरेको छ । प्रधानमन्त्रीको सरकारकी निवास वालुवाटारमा सोमबार बसेको बैठकमा भूमिसुधार मन्त्रीले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित गरिएको हो ।

बैठकपछि पर्यटन मन्त्री योगेश भट्टराईले ट्वीटरमा ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ। धन्यवाद प्रम केपी शर्मा ओली,’ लेखेका छन् ।

नेपालले आफ्नो भूमिसहितको नक्सा सार्वजनिक गर्नुपर्ने माग गर्दै सरकारमाथि दबाब परेको थियो ।

संघीय संसदमा पेश भएको नीति तथा कार्यक्रममा पनि उक्त भूभाग समेटर नक्सा सार्वजनिक गर्ने उल्लेख गरिएको थियो ।

जारी संसदमा नीति तथा कार्यक्रमको छलफलमा समेत सांसदहरुले यो कुरालाई विशेषरुपमा उठाएका थिए । प्रधानमन्त्रीले मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुअघि मन्त्रिपरिषद्ले नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ ।