देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा काेराेना संक्रमितकाे संख्या ३९० पुग्याे

देशान्तर

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ ।

आज पनि नेपालमा थप १५ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ३९० पुगेकाे छ । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएकाे छ । प्रदेश १ मा पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् भने दुईजना सुनसरीका रहेका छन् ।

कुल संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेकाे छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएकाे छ ।

हिजो (सोमबार) एकैदिन ८० जनामा कोरोना पुष्टि भएकाे थियाे । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।