देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकाका १९१ पत्रकारको पिसिआर परीक्षण

देशान्तर

काठमाडौँ । काठमाडौं उपत्यकाका १९१ पत्रकारको आज पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको समन्वयमा राष्ट्रिय सञ्चारमाध्यम र विभिन्न अनलाइनमा कार्यरत सञ्चारकर्मीमा परीक्षण गरिएको छ । सिनामङ्गलस्थित सञ्चारग्राममा गरिएको आजको परीक्षणमा मन्त्रालय मातहतको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको स्वास्थ्य टोलीले पत्रकारको स्वाब सङ्कलन गरेको हो ।

मङ्गलबार काउन्सिलका पदाधिकारी र कर्मचारीको परीक्षण गरिएको थियो । महासङ्घका महासचिव रमेश विष्टले कोरोना महामारीका समयमा अग्रमोर्चामा रहेर खटिरहेका सञ्चारकर्मीमध्ये पहिलो चरणमा परीक्षण गरिएको र आवश्यकतानुसार पछि पनि गरिने बताउनुभयो । स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले पत्रकारहरुको साझा संस्थाका माध्यमबाट पत्रकारहरुको परीक्षण गराइएको जानकारी दिए ।

मेडिकल ल्याब एशोसियशन अफ नेपाल (मेलान) का अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाइरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा काम गर्ने जनशक्तिका लागि अति नै संवेदनशील रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।