देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लमजुङ ठेगाना भनिएका कोरोना संक्रमित काठमाडौं वनस्थलीका ३ वर्षीय बालक

देशान्तर

काठमाडौं । मंगलबार कोरोना पोजिटिभ भनिएका लमजुङ ठेगाना भएका व्यक्ति काठमाडौंस्थित वनस्थली बस्ने ३ वर्षीय बालक रहेको खुलेको छ।

कोरोना पोजिटिभ देखिएका बालक लमजुङ जिल्ला स्थायी ठेगाना भई हाल काठमाडौं वनस्थली बस्दै आएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले नेपाल लाइभलाई जानकारी दिए।

मंगलबार नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयले लमजुङ जिल्ला निवासी एक जनामा कोरोना पोजिटिभ देखिएको उल्लेख गरेको थियो।