काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका घर भएका जनामा कोरोना संक्रमण ‘कोभिड – १९’ पुष्टि भएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा तारकेश्वर नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ पाईएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा आज दिउँसो नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।
उनले काठमाडौँमा तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको भनेका मध्येका एक जना तारकेश्वरको पुरूष रहेका हुन् । उनी अस्पतालको सम्पर्कमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
उनको ‘कन्ट्याक ट्रेसिङ’ गरिने तयारी भएको छ । यसअघि काठमाडौंको बागबजारमा प्रिन्टीङ प्रेसमा कार्यरत एकजना र ललितपुरका एक जना चिकित्सकमा संक्रमण देखिएको थियो ।





प्रतिक्रिया