देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोसी अस्पतालबाट थप आठ जना डिस्चार्ज

देशान्तर

मोरङ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका काेराेना संक्रमितमध्ये थप आठ जना निको भएका छन् । उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् । भुल्केका तीन जनालाई होम क्वारेन्टाइनमा र भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए ।