देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको मैतीदेवी क्षेत्र सिल

देशान्तर

काठमाडौँ । काठमाडौँको मैतिदेवीमा एक जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण पुष्टि भएसँगै ती युवालाई पाटन अस्पताल लगिएको छ।

मैतिदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ।कमलपोखरी प्रहरी बृत्तले अहिले त्यो क्षेत्र सिल गरेको छ। संक्रमित युवा रामेछापको भएको र उनी वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको प्रहरीले जनाएको छ।

संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।