देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४५७

देशान्तर

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

भेरि अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा बाँके नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा ३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।

हालसम्म उनीहरुको अवस्था सामान्य रहेको साथै उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा आजमात्रै २९ जना कोरोना संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।