नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरवाध निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । त्यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरु र १५ वर्षीया महिला छन् ।
यस्तै संक्रमित हुनेमा कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४,२५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिका छन् भने सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रानगर बहुअर्वा गाउँपालिका निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ ।






प्रतिक्रिया