देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकैदिन बाँकेका २१ जना संक्रमित डिस्चार्ज

देशान्तर

नेपालगन्ज । कोरोना संक्रमण बढेको बाँकेमा निको हुनेको संख्या पनि बढेको छ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डाक्टर राजन पाण्डेले बताए । डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् ।

डिस्चार्ज हुनेमा पहिलो संक्रमित भनिएका भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा. पाण्डेले बताए । योसँगै नेपालभर स‌ंक्रमण पुष्टि भएका ४८७ जनामध्ये निको हुनेको संख्या ७० पुगेको छ ।