देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काेराेना : बैतडी प्रहरी कार्यालय नै सिल

देशान्तर

जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा २२ दिनदेखि रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको छ । युवकको ढिलो गरी भएको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको हो ।

मुद्दा फाँटमा काम गर्नेदेखि सबै प्रहरीको पीसीआर परीक्षणको तयारी गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा थिए ।

गत चैत ६ गते भारतको मुम्बइबाट घर आएका २३ वर्षका युवक वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका थिए । बैतडीको शिवनाथ गाउँपालिकामा गत वैशाखमा एक युवती मृत्त अवस्थामा खोलामा फेला परेकी थिइन् ।

अभिभावकको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ति युवक थुनामा रहेको थिए । हिरासतमा रहेका युवक बैतडीको पहिलो कोरोना संक्रमित हुन् ।