राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व एव पारस्परिक सहयोग गर्न विभिन्न पर्वले प्रेरित गर्ने बताएकी छिन् ।
ईदुल फित्रको शुभकामना सन्देश दिंदै उनले जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्बद्र्धन र विकासमा यस्ता पर्वले टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।
उनले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सृदृढ भई सम्भ, समुन्नत र समृद्ध समाज निर्माणमा ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
यस्तै प्रधानमन्त्री के पी शर्मा ओलीले देशभक्तिलाई केन्द्रमा कायम राख्दै गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो भनेका छन् ।
सन्देशमा उनले विभिन्न धार्मिक तथा सास्कृति आस्था नेपालमा सम्मानित र संरक्षित रहेको भन्दै कोरोना संक्रमणको विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित ढंगले चाडपर्व मनाउन पनि आह्वान गरेका छन् ।





प्रतिक्रिया