नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालले मुस्लिम समुदायबाट लोकतन्त्रीक गणतन्त्रको संस्थागत विकास र मुलुकको समृद्धिको यात्रामा महत्वपूर्ण सहयोगको अपेक्षा राखेको बताएका छन् ।
इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा शुभकामना व्यक्त गर्दै नेता पौडेलले मुस्लिम समुदायले नेपाली कांग्रेसको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा मुस्लिम समुदायले महत्वपूर्ण योगदानको पनि स्मरण गरेका छन् ।
उनले विश्व कोरोना भाइरसको महामारीको मारमा परिरहेका बेलामा सम्पुर्ण मुस्लिम समुदायलाई घरमा नै बसेर नमाज पढि आफ्नो धर्म संस्कृति र परम्परा पूरा गर्न समेत आग्रह गरेका छन् ।
नेता पौडेलले अदृश्य शक्ती कोरोनाले विश्वका धेरै रितिरिवाज तथा धर्म संस्कृति मनाउने परम्पराको दायरा खुम्चिएको समेत बताएका छन् ।





प्रतिक्रिया