देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगन्जमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ

देशान्तर

वीरगन्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा पीसीआर रिपोर्ट पोभिटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले बताए ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरेको छैन । यसअघि सिन्धुपाल्चोककी  एक सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो