झापाकाे कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको तीन महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको वास छ । दिनदिनैजसो चल्ने हुरी र पानीले वेलावेला त्यही पाल पनि उडाउँछ । अनि, मध्यजेठको आँखा तिर्मिराउने घाम छल्न उनको ६ जनाको परिवारले रूखको छहारी खोज्नुपर्छ ।
चौलागाईंको यस्तो बिचल्ली कुनै प्राकृतिक विपत्तिले निम्त्याएको होइन, राज्यले उपहार दिएको हो । १४ वर्षदेखि बस्दै आएको घर सशस्त्र प्रहरीले भत्काइदिएपछि उनको खुला आकाशमुनि वास भयो । तीन महिनाअघि हतियारसहित आएका सशस्त्र प्रहरीले आफ्नो तालिम शिक्षालयको जग्गा अतिक्रमण गरी बसेको भन्दै चौलागाईंसहित ५२ परिवारको घर भत्काएको थियो । तीमध्ये ३४ परिवार सुकुम्बासी थिए, उनीहरू सबै अहिले खुला आकाशमुनि छन् । नयाँ पत्रिकामा खबर छ।





प्रतिक्रिया