देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा थप २२ जनामा कोरोना पुष्टि

देशान्तर

रौतहट । रौतहटमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण  पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् ।

सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । मंगलबार संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको उनले बताए । भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो ।

सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।