देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौरजहारी घटनाको छानबिन गर्न कांग्रेसको माग

देशान्तर

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुमको चौरजहारीमा ६ जना किशोरको हत्या हुनेगरी भएको घटनाका सम्बन्धमा संसदीय छानबिनको माग गरेको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले जेठ १० गते शनिवार पश्चिम रुकुममा जातीय नरसंहारको घटना भएको भन्दै संसदीय छानविनको माग गरे ।

‘कोरोनाका कारण नेपालमा चार महिनामा ४ जनाको मृत्यु भएको छ, चौरजहारीमा एक घण्टाको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ, ३ जनाको शव फेला परेको छ,’ उनले भने, ‘नेसनल जोग्राफी टिभीमा चारैतिरवाट सिंहले निर्मम ढंगले हरिणलाई आक्रमण गरेजस्तै भएको छ, प्रेमको नाममा बलिमा चढ्नुपर्‍यो ।’

जाजरकोटका नवराज विक प्रेमिका लिन गएका बेला चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बर मल्ल लगायत भेला भएर सांघातिक आक्रमण गरेको उनले आरोप लगाए ।