देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना नियन्त्रणका लागि सरकार गम्भीर भएन

देशान्तर

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले सरकार कोरोना भाइरस महामारी नियन्त्रणका लागि गम्भीर नभएको आरोप लगाएका छन् ।

रेडियो देशान्तरको नियमित कार्यक्रम ‘देशान्तर संवाद’मा कुरा गर्दै नेता चौधरीले सरकारले टेस्टको दायरा बढाउन नसकेको र भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीहरुका विषयमा गम्भीर नभएको पनि टिप्पणी गरे ।

यसैगरी सरकारले संसदमा पेश गर्न लागेको बजेट बढाउने कुराहरु आइरहेका बेला यसले भविष्यमा समस्या पार्ने संकेत गरे । बजेटको आकार अहिले बढाउनु भन्दा पनि रोजगारी दिनेगरि बजेट विनियोजन गर्न माग गरेका छन् । यस्तै नवराज विक प्रकरणमा राजनीतिक करण नगर्न भन्दै संसदीय समिति मार्फत सत्य तथ्य पत्ता लगाउन पनि माग गरेका छन् ।

साथै एसईई परीक्षाको विषयमा सरकारले चाँडो निर्णय गर्नुपर्ने भन्दै अनलाईन कक्षाका नाममा निजि विद्यालयले शुल्क नहुनेमा पनि जोड दिए ।

पुरै कुराकानी सुन्नका लागि