देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संसोधन विधेयक कार्यसुचीबाट हट्यो

देशान्तर

काठमाडौं । नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार विधेयक आजको संसदको सम्भावित कार्यसुचीमा राखिएको भएपनि अन्तिम समयमा हटाइएको हो ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो ।