देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसकाे निर्णय

देशान्तर

काठमाडाैा । नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शनिबार केन्द्रीय मूख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

कांग्रेसकै आग्रहमा १० जेठमा दर्ता भएको संविधान संशोधन विधेयक स्थगित गरिएको छ। १४ जेठमा प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची तय भएपनि कांग्रेसकै आग्रहमा संविधान संशोधन विधेयक अगाडि बढ्न सकेको थिएन।

१३ जेठमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनको पक्षमा उभिन दलहरुलाई आग्रह गरेका छन्। सरकारले लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ।

सरकारको उक्त निर्णयअनुसार, संविधानको अनुसूची–३ मा रहेको निशाना छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक– २०७७ संसद सचिवालयमा दर्ता भएको छ।