देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भैरहवाको भीम अस्पतालबाट २५ कोरोना संक्रमित डिस्चार्ज

देशान्तर

काठमाडाैा । भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संंक्रमितहरु निको भएर डिस्चार्ज भएका छन्।अस्पतालका सुचनाअधिकृत गोपाल उपाध्यायका अनुसार सोमबार रुपन्देही, कपिलवस्तु, नवलपरासी र भारतका गरी २५ जना डिस्चार्ज भएका हुन्।

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएको थियो। डिस्चार्ज भएपछि उनीहरु घर जान पाउने भएको खुशीले अस्पताल परिसरमै नाचगान गरेर खुशी मनाएका थिए।