देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असार १ बाट विद्यालयमा पढाइ सुरु गर्ने तयारी, शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका

देशान्तर

काठमाडौं । शिक्षा मन्त्रालयले असार १ गतेदेखि विद्यालय तहको पठनपाठन सुरु गर्ने गरी निर्देशिका स्वीकृत गरेको छ। वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ नाम दिइएको सो निर्देशिकामा वैकल्पिक बिधिबाट पठनपाठन गराइने उल्लेख छ।

निर्देशिकामा टिभी, अनलाइन, दुर शिक्षालगायतका वैकल्पिक विधि प्रयोग गरी कक्षा संचालन गर्ने उल्लेख छ। निर्देशिकामा सबै किसिमका दूर शिक्षा प्रविधिको पहुँचमा नपुगेकादेखि इन्टरनेट र कम्प्युटरको प्रविधिको पहुँचमा भएका समेत गरी पाँच वर्गमा विद्यार्थी वर्गीकरण गरी कक्षा संचालन गर्ने उल्लेख गरिएको छ।

एक भन्दा बढी वर्गमा पर्ने विद्यार्थीले रुचिअनुसार अध्ययनको विधि अपनाउन सक्ने निर्देशिकामा उल्लेख छ। शनिबार मन्त्रालयले यो निर्देशिका स्वीकृत गरेको हो।