देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

रौतहट । रौतहटमा एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै रौतहटमा मात्रै कोरोना संक्रमितको संख्या ३१० पुगेको छ।

संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपालिकाका १४ जना, राजदेवी नगपालिकाका १८ जना, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाइ गाउँपालिकाका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट आएका हुन्।