देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनमा करको ताकेता गर्नु गैरजिम्मेवारीको पराकाष्टा: कांग्रेस

देशान्तर

काठमाडौं । सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको विषम परिस्थिति र लकडाउन कायमै रहेका बेला कर चुक्ता गर्न सूचना निकाल्नु सरकारको गैरजिम्मेवारको पराकाष्टा भएको कांग्रेसले जनाएको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत सरकारको सूचनाको विरोध गरेका छन्। ‘असहज परिस्थितिमा लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यावहारिक र गैरजिम्मेवारपनको पराकाष्टा  हो,’ विज्ञप्तिमा भनिएको छ।

लकडाउनका कारण सबै क्षेत्र बन्द रहेको अवस्थामा सरकारको सूचना जारी हुनु दुखद भएको कांग्रेसले उल्लेख गरेको छ। बन्द भएका सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा सरकारले करको ताकेता गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ।