देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन’ उल्लङ्घन गर्ने १,८०६ सवारी नियन्त्रणमा

देशान्तर

काठमाडाैँ । लकडाउनको उल्लङ्घन गर्ने एक हजार ८ सय ६ वटा सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक सेवा र काम विना सडकमा गुडेका सवारी नियन्त्रणमा लिई कारवाही गरेको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने एक हजार पाँच सय ८४ वटा २ पाङ्ग्रे र दुई सय २२ वटा चार पाङ्ग्रे गरी जम्मा १ हजार ८ सय ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने गरेको जनाएको छ।

सरकारले गृह मन्त्रालयबाट पास लिएर सवारी सञ्चालन गर्न पाउने र यस अघि वितरण गरिएको पहेँलो पासले समेत सञ्चाल गर्न पाउने जनाएको छ।