देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौं । मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका इन्द्रावती-१० का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी भारतबाट जेठ १२ गते चौतारा आएका थिए । मेलम्चीस्थित  क्षेत्रीय क्वारेनइन्मा राखिएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

उनको जेठ १७ गते आरडीटी प्रविधिमार्फत परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । सो पश्चात तत्काल १८ गते स्वाब संकलन गरी परीक्षण गर्न टेकुुु प्रयोगशाला पठाइएको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको अनौपचारिक जानकारी पाएको जिल्ला जनस्वास्थ्यका एक अधिकारीले बताएका छन् ।