देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर

सुर्खेत । कर्णाली प्रदेशमा १६ जना नयाँ कोरोना सङ्क्रमितको थपिएका छन् । नयाँ थपिएका १६ सहित कर्णाली प्रदेशमा जम्मा सङ्क्रमितको सङ्ख्या २ सय ७८ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित थपिएका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएकामा सल्यानको कुमाख गाउँपालिकाका १९ र २४ वर्षका पुरुष, दैलेखको नौमूले गाउँपालिकाका २५ वर्षीय पुरुष, दैलेखकै नारायण नगरपालिकाका २० २४ २५ २५ र ३० वर्षका पुरुष तथा दूल्लु नगरपालिकाका १७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी, कालीकोटको महाबै गाउँपालिकाका २२ र २८ वर्षीय पुरुष तथा ४ महिने बालक, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकाका क्रमशस् २१, ४२ र २१ वर्षीय पुरुष तथा सान्नीत्रिवेणी नगरपालिकाकी २० वर्षीया महिला रहेका छन् ।