काठमाडौँ । राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले संघीयता खारेज गर्नुपर्ने भन्दै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी छिन् । उनले बुधबार दिउँसो सिंहदरबार पुगेर प्रस्ताव दर्ता गराएकी हुन् ।
६२बुँदे संशोधन प्रस्तावमा संघीय संरचना सबै खारेज गर्नुपर्ने उल्लेख गरिएको छ । संशोधन प्रस्तावमा सांसद पौडेलले संविधानमा भएको संघीयता पूर्ण रूपमा खारेज हुनुपर्छ भन्ने आफुहरुको माग भएको बताउदै हाम्रो मूल ध्येय प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित एकात्मक प्रणाली भएको बताएकी छन् ।
यससँगै संविधान संशोधनको चौथो विधेयक संसदमा दर्ता भएको हो । सरकारले नेपालको नक्साअनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक संशोधनको प्रक्रियामा गइसकेको छ ।
त्यसपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गरेका छन् भने कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।
जनमोर्चाको संबिधान संशोधन प्रस्ताव :





प्रतिक्रिया