वीरगञ्ज । पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरियास्थित क्वारेन्टिनमा बस्दै आएकी १५ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको ल्याबले जनाएको छ । बुधबार ९१ वटा नमुना परीक्षण गरिएकोमा उनको मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।
भारतको दिल्लीबाट जेठ ८ गते आमा र बुवासँगै आएकी उनको दोस्रो पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट आएदेखि नै उनीहरुलाई पोखरियाको रामदेव कलवार प्राविधिक विद्यालय स्थित क्वारेन्टिनमा राखिएको थियो ।





प्रतिक्रिया