देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुम्लामा क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु

देशान्तर

जुम्ला । जुम्लामा क्वरेन्टीनमा बसेको एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वरेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

उनले मृत्यु भएका व्यक्ति जिल्लाबाहिरबाट आएको जानकारी पाएको बताएका छन् । प्रनाउ धामीका अनुसार प्रहरी तलिउम पुगिसकेको र मृतकको स्वाब लिन बाँकी रहेको छ भने अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।