कैलाली । सुदूरपश्चिममा आज थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार डडेल्धुराका १७ देखि ५७ वर्षसम्मका, कैलालीका १६ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको हो । योसँगै सुदूरपश्चिममा अब कोरोनाभाइरस संक्रमित ९२ जना पुगेका छन् ।
आज प्रमाणित भएका सबै ६ जना संक्रमित केही दिनअघि मात्र भारतबाट आएका हुन् ।





प्रतिक्रिया