देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्वारेन्टिन व्यवस्थित बनाउन सांसदहरुको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना परीक्षणको विस्तारसँगै क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सिमा नाकामा कोरोना परीक्षण केन्द्रको संख्या बढाउनुको साथै क्वारेन्टाइन व्यवस्थित बनाई पिसिआर परीक्षण बढाउन पनि माग गरेका छन्। साथै खेती लगाउने समयमा किसानहरुले मलखाद सर्वसुलभ रुपमा नपाएको, बन्दाबन्दीमा स्वदेशी कृषि उत्पादनको बजार व्यवस्थित हुन नसकेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी बन्दा बन्दीका कारण कक्षा १ देखि १० सम्मका मुलुकभरका झण्डै ७० लाख विद्यार्थीको पठनपाठन अवरुद्ध भएकाले निशुल्क इन्टरनेटको व्यवस्था गरि विस्तार गर्नुको साथै रेडियो, टेलिभिजनबाट पठन पाठनको व्यवस्था मिलाउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।