देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौरहजारी घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

देशान्तर

काठमाडौँ । रुकुमको चौरहजारीमा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसदले विशेष समिति बनाउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समिति बनाउने बताएका हुन् ।

जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । शुक्रबारको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर छलफल गर्नुपर्ने माग गरेलगत्तै सभामुख सापकोटाले राजनीतिक दलहरुसँगको छलफलपछि समिति बनाउने बताएका हुन् ।

संसदीय समितिमा कसकसलाई राख्ने भन्ने राजनीतिक दलहरूसँग छलफलपछि टुंगो लगाउने सभामुख सापकोटाले बताए । प्रतिपक्षी कांग्रेसका सांसदहरुले उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।