देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारसँग देश बनाउने राष्ट्रिय अठोट छैन : रिजाल

देशान्तर

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सरकार एक्लैले अहिलेको संकट पार नलगाउने भन्दै मिलेर काम गर्ने प्रस्ताव गरेका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रिजालले सरकारसँग देश बनाउने राष्ट्रिय अठोट नभएको भन्दै मिलेर काम गर्न प्रस्ताव गरेका हुन्।

उनले सरकारको गतिविधि हास्यास्पद भएको भन्दै जनताको घाउमा नुन नछर्कन आग्रह गर्दै मिलेर अगाडि बढ्न प्रस्ताव समेत गरे। उनले देश कोरोनाको महामारीमा परेको बेला उनले सरकाको इमान्दारीता र क्षमतामाथि प्रश्न उठाएका छन्। उनले सरकार संकटका बेला कार्पेटको व्यवस्थापनमा लागेका आरोप लगाए।

‘नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्। सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन्,’ उनले भने, ‘सरकारमा बसेका र सत्ता निकटका मानिसहरु सत्ताको बाँसुरी कुन धुनमा राम्रोसँग बज्छ भनेर प्रयत्न गरिरहेका छन्।’