देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अग्ला अर्थमन्त्रीले भुईंमान्छेका समस्या देख्नु भएन : गगन थापा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वर्तमान सरकारले तल्लो तहका मानिसको नबुझ्ने गरेको आरोप लगाएका छन् ।

शनिबार विनियोजित विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारले कोरोनाले सिर्जित समस्याका कारण रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको नदेखेको आरोप लगाए । उनले आफूहरुले भुँइमान्छेको कुरा गरेको र सरकारले र विशेषगरी अर्थमन्त्रीले नसुनेको भन्दै गुनासो गरे ।

‘विनियोजित विधेयकमाथि छलफल गर्दा हामीले भन्यौँ, सरकारले सुनेन, सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको देखेन भनेर भन्यौं । खासगरी अर्थमन्त्रीलाई भन्यौं’, उनले थपे, ‘त्यो भन्दाखेरि अर्थमन्त्रीको अफ्ठ्यारो हामीले बुझेनौं । हामीले कुरा गरेको भुँइ मान्छेहरूको बारेमा हो । अर्थमन्त्री अग्लो हुनुहन्छ । अग्लो मान्छेलाई भुँइतिर हेर्न गाह्रो हुन्छ, त्यै भएर नदेखेको हो ।

सांसद थापाले संसदहरुले विकासका नाममा पैसा लिन थालेपछि हैसियत वडाध्यक्षको जस्तो भएको बताए । स्थानीय पूर्वाधार विकास (सांसद विकास कोष) का नाममा योजना छनोट गर्ने गरी बजेट लिने अध्यादेशले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको उनले बताए ।

शनिबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले भने, ‘स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष जस्तो पैसा लिन थाल्यौं । स्थिति पहिलाको भन्दा बिग्रियो । हाम्रो हैसियत वडाध्यक्षको जस्तो भएको छ ।’

सांसद विकास कोष बन्द गर्नुुपर्ने उनले बताए । कुनै पनि खराब अभ्यास हटाउनुछ भने गुनासो गरे मात्र नहुने भन्दै उनले भने, ‘साँच्चिकै बदल्न चाहन्छौं भने केही अभ्यास बदल्नु छ, कानुन बदल्नु छ र त्यसको प्ररम्भ वडाध्यक्ष भएर होइन, विधायक भएर गर्छौं । यो कोष (सांसद विकास)लाई यो पटकको बजेटबाट हटाउनका निम्ति सरकारलाई भन्छौं भनेर यहीँबाट सुरु गर्नुपर्छ ।’