बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ ।
पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा मृत्यु भएको हो ।
साँझ बेहोस भएर ढलेपछि उपचारका लागि पाटक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । उपचारकै क्रममा उनको राति मृत्यु भएको हो ।
मृतकको स्वाबको नमुना संकलन गरेर धनगढी पठाइएको छ । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन पुगेका थिए । उनीसँगै बेंगलोरबाट १३ जना पनि शनिवार बिहानै पाटन पुगेका थिए ।
यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको जेठ २० मा मृत्यु भएको थियो ।
पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।





प्रतिक्रिया