देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा निर्वाचन आयोगमा आइतबारै दर्ता हुने

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आज नै निर्वाचन आयोगमा दर्ता हुने भएको छ। जसपाको नेतृत्व व्यवस्थापन भएपछि  नै शीर्ष आज नेताहरु निर्वाचन आयोगमा दर्ता गर्न नेताहरु जाने भएका हुन्।

जसपा निर्वाचन आयोगमा दर्ता भएपछि आधिकारिक रुपमा नयाँ दलको मान्यता पाउने भएको हो। ‘जसपाका नेताहरुले हामीलाई निर्वाचन आयोगमा दल गर्न ४ देखि ५ बजे समय चाहिन्छ भन्नुभएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘हामी सम्पूर्ण तयारीका साथ दर्ताका लागि तयारीमा बसेका छौ । उहाँहरु सबै प्रक्रिया पुरागरी आउँनु भयो भने आजै नयाँ दलको रुपमा जसपा दर्ता हुने छ।’

गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले राति साढे ११ बजे एकता गरेका थिए। लगतै भोलिपल्ट विहान १० बजे निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

सरकारले दल विभाजन सम्बन्धी प्रावधानलाई खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि यी दुई पार्टीले हतारहतार एकीकरण गरेका थिए। तर, नेतृत्वको विषयमा सहमति हुन नसकेपछि आयोगमा दर्ता गर्न ढिलाइ भइरहेको थियो।