देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता, वावुराम चौथो वरियतामा

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा औपचारिकरुपमा दर्ता भएको छ ।

आयोगको १३९२ नम्बरमा दर्ता भएको पार्टीको अध्यक्षमा भने महन्त ठाकुर रहेका छन् । दुई जना अध्क्ष बनाउँदा अर्का अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।

यसअघि तीन जना अध्यक्ष बनाउँदा डा.बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति भएको थियो ।

तर, उक्त सहमति केही बेर पनि टिकेन । फलस्वरुप निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेका बेला दस्तावेजमा टिपेक्स लगाएर बाबुरामको नाम चौथो नम्बरमा लेखिएको छ । टिपेक्स लगाएपछि बाबुरा अशोक राई भन्दा पछिको वरियतामा परेका छन् ।

पहिलो बरियतामा महन्त छन् भने दोस्रो वरियतामा उपेन्द्र रहँदा तेस्रो बरियतामा अशोक रहेका छन् । यसैगरी चौथो वरियतामा बाबुराम हुँदा पाँचौं वरियतामा भने राजेन्द्र महतो रहेका छन् । तेस्रो देखि पाँचौ वरियतामा रहनेहरु वरिष्ठ नेताको रुपमा रहने जनाइएको छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।