देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीबारे छलफल गर्न नेकपाकाे सचिवालय बस्दै

देशान्तर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।  अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद फेरि बढेको छ ।

अघिल्लो सचिवालय बैठकले संसदबाट पारित नभएसम्म एससीसीका काम अघि नबढाउने सहमति गरेको थियो । प्रधानमन्त्री ओली संसदको यही अधिवेशनवाट एमसीसी पारित गराउने पक्षमा छन् ।

तर, सचिवालयका बहुमत सदस्य भने एमसीसीको विपक्षमा रहेका छन् । नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेस हुन भने सकेको छैन ।