देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्घाखाँचीमा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर

अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घर फर्केर सम्बन्धित पालिकाका क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना देखिएको र उनीहरु कुन ठाउँको क्वरेन्टीनमा बसेका भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको वडा नं‍ ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो ।

उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । गएको जेठ १० गते भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय पुरुषको घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि थियो ।