देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

रौतहट । रौतहटमा सोमबार थप १० जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएका हुन् ।

क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । रौतहटको राजपुर र इशनाथमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।